निर्वाचनमा श्रीमान् र श्रीमती दुवै जनालाई टिकट दिने परिपाटी अन्त्य गर्नुपर्छ : सांसद लामा

नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले आगामी निर्वाचनमा श्रीमान् र श्रीमती दुवै जनालाई टिकट दिने परिपाटी हटाउनुपर्ने बताएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद लामाले यस्तो बताएका हुन् ।

उनले श्रीमान् र श्रीमती दुवैजना उम्मेदवार भएमा उम्मेदवारी खारेज गर्ने नियम बनाउनका लागि निर्वाचन आयोगलाई अनुरोध गरे ।

श्रीमान्, श्रीमती दुवै सांसद हुँदा अरू हरेक पार्टीका कार्यकताहरूले टिकट नपाउने र र उनीहरूकाे त्याग, तपस्या सधैं समस्यामा पर्ने उनकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर