सोमप्रसाद पाण्डे पाल्पा–२ बाट एकल सिफारिस

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट प्रतिनिधि सभा निर्वाचनमा पाल्पा क्षेत्र नं. २ बाट सोमप्रसाद पाण्डे एकल उम्मेदवार सिफारिस भएका छन् ।

उनी एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष हुन् । उनी वि.सं २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)बाट विजयी भएका थिए ।

उनले सोही क्षेत्रबाट वि.सं. २०५१, २०५६, २०७० को निर्वाचनमा पनि एमालेबाट प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेका थिए । सोही क्षेत्रमा एमालेले पोलिटब्यूरो सदस्य ठाकुर गैरेको एकल नाम सिफारिस गरेको छ ।

एकीकृत समाजवादीले प्रतिनिधि सभा समानुपातिकतर्फ केन्द्रीय सदस्य यादवबहादुर रायमाझी, खस आर्य र महिलामा लक्ष्मीदेवी पाठकलाई सिफारिस गरेको छ । क्षेत्र २ (क) मा खिमानन्द पाण्डे, मोहनलाल गैरे, वसन्त जीआर, निमनारायण ढुङ्गानालाई सिफारिस गरेको छ भने क्षेत्र २ (ख) मा झलक रायमाझी र कमल रायमाझी उम्मेदवारका रूपमा सिफारिस भएका छन् ।

प्रदेश सभामा समानुपातिकतर्फ गोदावरी ज्ञवाली, बलबहादुर सुनार र दुर्गा भण्डारीलाई सिफारिस गरेको छ ।

क्षेत्र नं १ मा प्रतिनिधि सभातर्फ प्रत्यक्षमा लेखनाथ पोखरेललाई सिफारिस गरेको छ भने समानुपातिकमा अल्पसङ्ख्यकमा रमा घर्ती सिफारिसमा परेकी छन् ।
प्रत्यक्षमा प्रदेश सभा (क) मा विनोद श्रेष्ठ र कमल सेन सिफारिसमा परेका छन् भने (ख) मा पदम अर्याल, टोपबहादुर जर्घा र ईश्वरी श्रेष्ठ सिफारिस भएका छन् । समानुपातिकमा क्षेत्र १ (क) महिला तारा कँडेल, दलितमा सर्वजित विश्वकर्मा र क्षेत्र १ (ख) मा महिलाबाट नारायणी खनाललाई सिफारिस गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर