‘युवा र विद्यार्थीहरू सडकका हिरो हुन्, उनीहरू सडकमा नआउँदासम्म देशले गति लिँदैन’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा आफ्नो उत्तराधिकारीहरू तयार हुन् भन्ने आफ्नो सपना रहेको बतएका छन् ।
बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीमा राम्रो उत्तराधिकारीहरू तयार होउन् भन्ने आफ्नो सपना रहेको बताए ।

उनले जनयुद्धको थालनीदेखि गणतन्त्रको समेत आफूले नेतृत्व गरेको भन्दै आफू सबै चिज भएको बताए । उनले पार्टीलाई एकताबद्ध गर्ने र क्रान्तिकारी परम्परालाई अगाडि बढाउने उत्तराधिकारी तयार हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अर्थमन्त्री समेत रहेका पार्टीका उपमहासचिव जनार्दन शर्माले विद्यार्थी संगठनमा समस्या देखिएको भन्दै अध्यक्ष दाहालप्रति असन्तुष्टि व्यक्त गरेका थिए । संगठनमा समानान्तर गतिविधि गर्नेलाई अध्यक्ष दाहालले पुल्पुल्याएको भन्ने उनको भनाइ थियो । उनले नीति र नेतृत्वको रक्षा गर्नुपर्ने बताए ।

जवाफमा अध्यक्ष दाहालले जनार्दन शर्मालाई रक्षा गर्न र हुर्काउन पनि आफ्नो मुख्य भूमिका रहेको बताए । उनले शर्मालाई आफूले रक्षा र विकास गरेको उल्लेख गरे ।

अध्यक्ष दाहालले सडक, सदन र सरकारका तीन वटा नै मोर्चाबाट संघर्ष गरेर मात्रै आन्दोलनका उपलब्धिको रक्षा गर्न सकिन्छ भन्ने विश्लेषण पार्टीको रहेको बताए । उनले सडकको हिरो युवा र विद्यार्थीहरू भएको उल्लेख गर्दै उनीहरू सडकमा नआउँदासम्म देशले गति नलिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *