‘मन्त्रीले निर्वाचन प्रचारप्रसारमा सहभागी हुन नपाउने निर्णय आयोगले कडाइका साथ लागू गर्नुपर्छ’

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले ‘प्रधानमन्त्री र मन्त्रीहरूले निर्वाचनमा प्रचारप्रसार गर्न नपाउने’ भनी जारी गरिएको निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न निर्वाचन आयोगसँग माग गरेका छन् ।

संविधान सभाका अध्यक्ष एवम् पूर्वसभामुखसमेत रहेका भएका एमाले उपाध्यक्ष नेम्वाङले आफ्नो दलको सुझावविपरीत निर्वाचन आचारसंहितामा सो प्रावधान राखिएको भन्दै त्यसको पूर्ण रूपमा पालना गराउने काम निर्वाचन आयोगले गर्नुपर्ने बताएका हुन् ।

सोमबार सिंहदरबाररमा बसेको राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले संसदीय प्रणालीको मूल्य र मान्यताविपरीत हुनेगरी निर्वाचन आचारसंहितामा सो कुरा निर्वाचन आयोगले उल्लेख गरेकोमा आफ्नो दलको असहमति भए पनि छापेर आएपछि त्यसलाई कार्यान्वयनै गराउनैपर्ने अडान रहेको स्पष्ट पारे ।

उपाध्यक्ष नेम्वाङले निर्वाचनमा उठेका उम्मेदवारहरूले घरदंलो गर्ने कार्यक्रमको पनि मिति तोकेर निर्वाचन आयोगले अव्यवहारिक काम गरेको भन्दै पुनर्विचार गर्न पनि ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर