ओलीले भने- गठबन्धन दलहरू बूढा भए, आयु एमालेले लेखिदिनुपर्छ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनमा आबद्ध दलहरू ‘बूढो’ भएको टिप्पणी गर्नु भएको गरेका छन् ।

अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एस)को आयु तीतेपातीको झारसँग तुलना गर्दै आगामी मंसिर ४ गतेसम्म नटिक्ने दाबीसमेत गरे ।

राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारूढ गठबन्धनको आयु आगामी मंसिर ४ गतेसम्मका लागि राख्ने वा नराख्ने भन्ने कुरा आफ्नो पार्टीले लेखिदिनुपर्ने भन्दै व्यंग्यसमेत गरे । आ–आफ्नो आयुअनुसार सत्तारूढ दलहरू बूढो भएको र उनीहरूको आयु लेखिदिने काम भने एमालेले गर्नुपर्ने उनको भनाइ थियो ।

ओलीले एमालेलाई भ्रष्ट भन्नेहरू आफैं भ्रष्टाचारी भएको आरोप लगाए । उनले सत्तारूढ दलहरूले एमालेमाथि झुटो लाञ्छना लगाउने काम गरेको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर