‘आगामी निर्वाचनमा कांग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयता कार्यान्वयन गरेर देखाउँछौं’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयतालाई कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

नेता सिंहले संविधान जारीपछिको दोस्रो आमनिर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने भएकाले जिम्मेवार दललाई देशको नेतृत्व गर्ने अवसर जनताले प्रदान गर्नुपर्ने बताए । उनले निर्वाचनपछि केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयतामा के फरक छ भन्ने कुरा जनताले महसुस हुनेगरी काम गर्ने प्रतिबद्धता जनाए । उनले आगामी निर्वाचनपछिको सरकारले देशमा सुशासन कायम गर्ने बताए ।

नेता सिंहले नेपालका शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताए । उनले शिक्षालाई वर्तमान अवस्थामा आवश्यक प्रविधिसँग जोडेर अघि बढाउन जरुरी रहेको बताए ।

नेता सिंहले १२ कक्षा पास भइसक्दा आफ्नो खुट्टामा नै उभिन सक्षम, आर्थिक रूपमा सबल, सीप बोकेको विद्यार्थी उत्पादन गर्नुपर्ने बताए । उनले आगामी शैक्षिक नीतिमा विद्यार्थीहरूलाई विद्यालयबाट बाहिर निस्किँदा क्षमतावान बनाउने कुरा समावेश हुने दाबी गरे । उनले नेपालको शिक्षाको गुणस्तरमा सुधार गर्न जरुरी रहेको बताए ।

नेता सिंहले राजनीति भनेको समाजसेवा गर्ने माध्यम भएको बताए । उनले हरेक वडामा स्वास्थ्य क्लिनिक हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर