गोरखा राइफल्समा भर्ना भएका चौहान बने भारतका नयाँ सीडीएस

भारतीय सेनाको गोरखा ब्रिगेडअन्तर्गत ११ जीआरका लेफ्टिनेन्ट जनरल (अवकाश) अनिल चौहान भारतकाे थल, जल र वायु सेना र सरकारबीच समन्वय प्रमुखकाे भुमिकासहित चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) नियुक्त भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले चौहानलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनी सन् १९८१ मा गोरखा राइफल्समा भर्ना भएका थिए। आफ्नो क्यारियरको दौरान उनले धेरै कमाण्ड, स्टाफ र निर्देशनात्मक नियुक्तिहरू सम्हालेका थिए। जम्मू र कश्मीर र उत्तरपूर्वी भारतमा भएकाे विद्रोह विरोधी अभियानहरूमा पनि उनी अनुभवी छन्।

गढवालका राजपूत परिवारका चौहान भारतका दोस्रो सीडीएस हुन्। प्रथम चिफ अफ डीफेन्स स्टाफ जनरल विपिन रावतको २०२१ डिसेम्बर ८ मा हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो पद रिक्त रहेको थियो। सो हेलिकप्टर दुर्घटनामा विपिनसहित उनकी पत्नी मधुलिका रावत र हेलिकप्टरमा सवार अन्य १२ को जनाको मृत्यु भएको थियो।

भारतको थल, जल र हवाई सेनासहित राष्ट्रिय सुरक्षाका विषयमा सीडीएसलाई सरकारसँग समन्वयकारी भूमिका दिने गरिएको छ।

नवनियुक्त सीडीएस चाैहानले उनले भारत सरकार, सैन्य मामिला विभागको सचिवको रूपमा पनि काम गर्ने रक्षा मन्त्रालयले जनाएको छ।

काे हुन् चाैहान?

लगभग ४० वर्ष लामो करियरमा लेफ्टिनेन्ट जनरल अनिल चौहानले धेरै कमाण्ड, स्टाफ र उपकरण नियुक्तिहरू सम्हालेका छन्। जम्मू र कश्मीर र उत्तरपूर्वमा भएका विद्रोह विरोधी अभियानहरूमा उनकाे विशिष्ट अनुभव छ।

मे १८, १९६१ मा जन्मेका लेफ्टिनेन्ट जनरल चौहानलाई सन् १९८१ मा भारतीय सेनाको ११ गोरखा राइफल्समा भर्ती गरिएको थियो। राष्ट्रिय रक्षा प्रतिष्ठान खडकवासला र भारतीय सैन्य एकेडेमी, देहरादूनका पूर्वछात्र रहेका उनले बारामुला सेक्टरको उत्तरी कमाण्डमा मेजर जनरलको पदमा इन्फन्ट्री डिभिजनको कमाण्ड गरेका थिए।

उनले पछि पूर्वोत्तरमा एक कोरको कमाण्ड गरे र सेप्टेम्बर २०१९ देखि पूर्वी कमाण्डको जनरल अफिसर कमान्डिङ–इन–चिफ बने। उनले मे ३१, २०२१ मा सेवाबाट अवकाश नहुँदासम्म यो कार्यभार सम्हालेका थिए।

उनले सैन्य अपरेशन महानिर्देशकको कार्यभारसहित महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका छन्। उनले अंगोलामा संयुक्त राष्ट्र नियोगको रूपमा पनि काम गरेका थिए।

सेनाबाट सेवानिवृत्त भएपछि पनि उनले राष्ट्रिय सुरक्षा र रणनीतिक मामिलाहरूमा योगदान जारी राखे। सेनामा दिएकाे विशिष्ट र उत्कृष्ट सेवाका लागि लेफ्टिनेन्ट जनरल चौहानलाई परम विशिष्ट सेवा पदक, उत्तम युद्ध सेवा पदक, अति विशिष्ट सेवा पदक, सेना पदक र विशिष्ट सेवा पदक प्रदान गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर