अटो एक्स्पो दशैं कार मेलामा सेकेण्ड ह्याण्ड गाडी बेच्ने र किन्नेहरूको लर्को

अटो एक्स्पो दशैं कार मेलामा सेकेण्ड ह्याण्ड गाडी बेच्ने र किन्नेहरूको आकर्षण बढेको छ । बुधबारदेखि ‘क्यास अन ह्वील’ले नेपालमा नै पहिलोपटक दशैं लक्षित अटो एक्स्पो सुरु गरेको हो ।

सेकेण्ड ह्याण्ड गाडी किन्न र बेच्न चाहने मानिसहरूले अटो एक्स्पो दशैं कार मेलामा गएर पुरानो गाडी बेच्ने र नयाँ गाडी खरिद गर्न पाउने सुविधासहित मेला आयोजना गरिएको आयोजकले जनाएको छ । आयोजकले नेपालमा पहिलोपटक सेकेण्ड ह्याण्ड गाडी खरिद र बिक्री मेलामा मानिसहरूको आकर्षण बढिरहेको बताएको छ ।

क्यास अन ह्वीलका निर्देशक सुवास प्रधानले नेपालमा पहिलोपटक आफूसँग भएको गाडी बेच्न चाहनेहरुलाई एउटै छानामुनि ल्याउने प्रयासमा अटो एक्स्पो आयोजना गरिएको बताए । उनले मेलामा पुरानो गाडीको मूल्य तोकेर बेच्न चाहनेहरुले क्यास अन ह्वील र मेलामा बेच्न सक्ने बताए ।

उनले मेलाले सेकेण्ड ह्याण्ड गाडी बेच्न चाहने र किन्न चाहनेहरुलाई सहजिकरण गर्ने काम गर्ने बताए । प्रधानले मेलामा १०० वटा सेकेण्ड ह्याण्ड कारहरु बेच्नको लागि आएको बताए ।

त्यस्तै क्यास अन ह्वीलका अध्यक्ष मोहन भण्डारीले नेपालमा अटो एक्स्पोहरुमा नयाँ गाडी किन्ने तर पुरानो गाडी के गर्ने भन्ने समस्या बढ्दै गएकाले यो एक्स्पोले अन्योलतालाई चिर्ने बताए । उनले पुराना गाडी बेच्न ल्याउने र मूल्य निर्धारण गरेर पुरानो गाडी दिएर नयाँ गाडी लिएर जान पाउने सुविधा रहेको बताए ।

भण्डारीले नेपाली बजारमा अटो व्यवसाय क्षेत्रमा माग बढी रहेकाले यस्ता एक्स्पोहरुको आवश्यक रहेको बताए । उनले पुरानो गाडी बेचेर नयाँ गाडी चढ्ने चाहनालाई क्यास अन ह्वीलले पूरा गर्नेपनि बताए ।भण्डारीले मेलामा सेकेण्ड ह्याण्ड गाडी र नयाँ गाडीहरुको राम्रो बिक्री भइरहेको भन्दै मेलामा ग्राहकहरूको उल्लेख्य आकर्षण देखिएको बताए ।

मेला १४ गते शुक्रबारसम्म सञ्चालन हुनेछ । मेला बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ । मेलामा प्रवेशका लागि कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ ।

शोमा २०० भन्दा बढी सेकेण्ड ह्याण्ड गाडीहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् भने सुजुकी, फोर्सको गुर्खा, क्रसफायर लगायत ब्राण्डका नयाँ सवारी साधनहरू समेत प्रदर्शित छन् । गाडी किनबेच वा एक्सचेन्ज गर्न अहिलेको जमानामा थुप्रै विकल्पमध्ये क्यान अन ह्वील पनि एक माध्यम बनेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर