सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

मलंगवा नगरपालिका–४ शिवसागर चोकस्थित सडकमा ना.१ झ १७०० नम्बरको स्कारपियोको ठक्करबाट ईश्वरपुर नगरपालिका–१४ बस्ने हिरालाल मण्डलका ४ वर्षीय छोरा निशान्तकुमार मण्डलको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सर्लाहीको हरिवन नगरपालिका–४ लखन्देही पुल नजिक सडकमा प्र.२–०३–००१ च १९२४ नम्बरको बोलेरोले ज.५ प ७६५५ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा परिचय नखुलेका मोटरसाइकल चालक करिब ३२ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सरस्वती अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी सर्लाही हरिपुर्वा नगरपालिका–९ खिला टोलस्थित सडकमा प्रदेश२–०२–००३ प ३४९४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १४ वर्षीय रितेश राय यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक एवं मृतकका बुबाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तीनवटै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर