
शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार


वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्प्तालमा उपचारत रहनुभएका जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले जारी गरेकाे विज्ञप्तिमा जनाइएको छ ।
“मुटुको चालसम्बन्धी समस्यामा पनि केही सुधार देखिएको र उहाँले सामान्य प्रतिक्रिया देखाउनुभएको छ”, विज्ञप्तिमा भनिएको छ । जोशीको गत असोज २३ गतेदेखि छातीमा निमोनियाको सङ्क्रमण नियन्त्रणका लागि एन्टिवायोटिक्स् कोर्स जारी राखिएको बताइएको छ ।
स्वास्थ्यमा समस्या आएपछि १८ दिनदेखि उनकाे अस्पतालमा राखेर उपचार गरिएको छ । उनकाे अहिले सघन उपचार कक्षमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया