नेप्से परिसूचक ११.३२ अंकले वृद्धि, कारोबार रकममा पनि सामान्य सुधार

पछिल्ला दुई दिन गिरावट भएको नेप्से परिसूचक बुधबार सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ११.३२ अंक बढेर १८६६.४८ बिन्दुमा पुगेको हो ।

त्यस्तै सेन्सेटिभ इण्डेक्स २.४८ अंक, फ्लोट इण्डेक्स ०.८१ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०३ अंकले बढेको छ ।

बुधबार कारोबारमा आएका २२३ कम्पनीको २० लाख ८५ हजार कित्ता शेयर ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकममा पनि सामान्य सुधार भएको छ ।

बुधबार नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । जसमा वित्त उपसमूहको परिसूचक २.६७ प्रतिशत बढेको छ । त्यसैगरी विकास बैंक उपसमूहको परिसूचक २.०९ प्रतिशत बढेको छ ।

बुधबार अभियान लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,महुली लघुवित्त वित्तीय संस्था र प्रोग्रेसिभ फाइनान्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने एभरेष्ट बैंकको ऋणपत्रको मुल्य ९.८३ प्रतिशत घटेको छ । बुधबार नबिल बैंकको २ करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर