रौतहटमा रुखमा पासो लगाएर झुण्डिएका पुरुषको नेपाल प्रहरी र सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

रौतहटमा रुखमा पासो लगाई झुण्डिएर आत्महत्या गर्न लागेका एक पुरुषको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ।

बुधबार दिउँसो ४ बजे रौतहटको फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर बस्ने २६ वर्षीय शेख राजा हुसेन घरबाट अन्दाजी १०/१२ मिटरको दूरीमा रहेको निमको रुखमा नाइलनको डोरी लगाएर झुण्डिएका थिए।

घरायसी विवादका कारण घरमा कोही नभएको समयमा उनले त्यसरी आत्महत्या गर्न लाग्दा उनको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

हेर्नुहाेस् उद्धार गर्दै गर्दाकाे भिडियाे :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर