रासन घोटालामा सशस्त्रका एसपीलाई होला त कारबाही?

संगठनका गोप्य सूचना चुहाएको आरोपमा सर्वस्वसहित जन्मकैदको माग गर्दै सशस्त्र प्रहरी बल, नेपाल ४४ नम्बर गण दार्चुलाका वरिष्ठ हवल्दार नरेशसिंह साहुविरुद्ध असार २२ गते मुद्दा दर्ता भयो। असार २४ गतेको थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भयो र तीन महिनासम्म उनी डिल्लीबजार कारागारमा थुनामा रहे।

हवल्दार साहुले खलंगास्थित सशस्त्र प्रहरी गणका १२२ जनालाई एकसाथ बिदामा छाडिएको सूचना दिएका थिए। सो सूचनापछि रासन घोटालाको विषय बाहिर आएको थियो। तर, उनीविरुद्ध हातहतियार, गोलीगट्ठा तथा जनशक्ति विवरणसमेत खुल्ने गरी गोपनीयता भंग गरेको आरोप लगाइएको थियो।

तीन महिनासम्म हिरासतमा रहेका उनै हवल्दार साहुले सशस्त्र प्रहरीको विशेष अदालतबाट सफाइ पाएका छन्। आरोप पुष्टि नहुने ठहर गर्दै अदालतले उनलाई सफाइ दिएको हो। यससँगै उनी बुधबारदेखि नै हिरासतमुक्त भएका छन्।

४४ नम्बर गणका तत्कालीन गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) त्रिभुवन विष्ट मातहतका सुरक्षाकर्मीलाई बिदामा छाडेर रासनमा घोटला गरेको आरोप खेपिरहेका थिए। सो विषयको सूचना सञ्चारमाध्यमलाई दिएकै आधारमा झुटा आरोप लगाउँदै हवल्दार साहुलाई जेल पुर्‍याइयो। तर, रासन घोटालाको आरोप लागेका एसपी विष्टमाथि भने अहिलेसम्म सशस्त्रले कारबाही गर्न सकेको छैन।

र, याे पनि-

भ्रष्टाचारको आरोप लागेका एसपी जोगाउन सशस्त्रमा हवल्दारलाई सजाय, पत्रकारले स्रोत नजोगाउँदा परिवारको बिचल्ली

एसपी चोख्याउन हवल्दारविरुद्ध झुटा मुद्दा लगाइएको भन्दै चर्को आलोचना भएपछि सशस्त्रले उनको जिम्मेवारी खोसेर अनुसन्धानमा त तानेको छ तर कस्तो कारबाही हुन्छ भन्ने विषय अहिलेसम्म टुंगो लागेको छैन।

सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले फैसलाको पूर्णपाठ नआएसम्म अहिले नै सबै कुरा भन्न नसकिने बताए। सशस्त्र विशेष अदालतबाट हवल्दार साहुले सफाइ पाए पनि उनलाई विभागीय कारबाही भने हुने उनको भनाइ छ। तर, कस्तो कारबाही हुन्छ भन्ने विषय फैसलाको पूूर्णपाठ प्राप्त भएपछि मात्रै थाहा हुने उनले बताए।

‘अदालतसम्म पुगेको विषय हुनाले फैसलाको पूर्णपाठ नआएसम्म अहिले नै सबै कुरा भन्न सकिँदैन,’ एसएसपी थापाले पर्दाफाससँग भने, ‘सबै कुरा पूर्णपाठमा उल्लेख हुन्छ। त्यो आएपछि नै थप भन्न सकिन्छ।’

सशस्त्र प्रहरीभित्र रासनका नाममा हुने बेथिति सुधार हुने आशमा त्यसको सूचना सञ्चारमाध्यमलाई दिएका हवल्दार साहु पत्रकारले स्रोतको संरक्षण नगर्दा जेल परे, उनको परिवारको बिचल्ली भयो। तर, रासन घोटालामा मुछिएका एसपी विष्टमाथि भने अनुसन्धानमा तान्नेबाहेक अरू कुनै कारबाही हुन सकेको छैन।

र, यी पनि-

सूचना चुहाएको आरोपमा हिरासतमा रहेका सशस्त्रका हवल्दार साहुले पाए सफाइ

भ्रष्टाचार आरोप लागेका सशस्त्रका एसपी त्रिभुवन विष्टको जिम्मेवारी खोसियो, छानबिन गर्दै हेडक्वार्टर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर