स्रोत नखुलेको २० लाख नगदसहित धनुषाबाट दुई जना पक्राउ

धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुर नहरस्थित चोकबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । सुनसरी जिल्ला इनरुवा नगरपालिका–२ बस्ने २७ वर्षीय बजरंगप्रसाद गुप्तासहित दुई जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी बरमझियाबाट खटिएको प्रहरीले प्र.१–०२–०४६ प ५६३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगद फेलापछि पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *