५० रुपैयाँ घुस लिने नागढुङ्गाका ट्राफिक प्रहरी पक्राउ

ट्राफिक प्रहरी प्रभाग नागढुङ्गामा कार्यरत ट्राफिक प्रहरी जवान चिरन जोशी ५० रुपैयाँ घुससहित पक्राउ परेका छन्। स्रोतका अनुसार उनले राँगा बोक्ने ट्रक चालकबाट साे घुस लिएका हुन्।  पक्राउ परेका जवान जाेशीलाई  नियन्त्रणमा लिएर बग्गीखानामा बुझाइएको छ।

तर, उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सीताराम रिजाल र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी अवदेश विष्ट क्षेत्रीले घटनाका विषयमा अनभिज्ञता प्रकट गरे । उनीहरू दुवैलाई पर्दाफासले जवान जोशी पक्राउका विषयमा सोध्दा जानकारी नभएको बताए ।

ट्राफिक प्रहरीले ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई कुनै सवारी चालकले घुस दिए र सो घुस लिन इन्कार गरे त्यसो गर्ने ट्राफिक प्रहरीलाई पुरस्कृत गर्दै आएको छ। तर, घुस फिर्ता गर्दा प्रचारबाजी गर्ने प्रहरी लिँदा समातिए ‘तैं चुप मै चुप’ हुने गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *