नवौं राष्ट्रिय खेलकुद : टेबलटेनिसमा पुलिस क्लब च्याम्पियन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ सम्पन्न टेबलटेनिसमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । आज सम्पन्न प्रतियोगितामा पुलिस क्लब छ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो । पुलिसले दुई रजत र चार कास्य पदकसमेत बटुल्यो ।

प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब एक स्वर्ण, चार रजत र एक कास्य पदकका साथ दोस्रो भयो । यसैगरी एक रजत र दुई कास्य प्राप्त गर्दै बागमती प्रदेश तेस्रो भयो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब दुई कास्यका साथ चौथो तथा गैर आवासी नेपाली संघ (एनआरएनए) र प्रदेश नं १ ले समान दुई कास्य प्राप्त गर्दै प्रतियोगितामा पाँचौँ भए ।

गण्डकी प्रदेशले एउटा कास्य पदक प्राप्त गर्दै प्रतियोगितामा छैटौँ भयो । प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी र मधेश प्रदेश टेबलटेनिसमा जितविहीन रहे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *