नवौं राष्ट्रिय खेलकुद : ट्राइयाथलनमा आर्मी र एपीएफलाई स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ट्राइयाथलन प्रतियोगितामा नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एक एक वटा स्वर्ण जितेका छन् ।

पोखरामा भएको ट्राइयाथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका वसन्त थारु र महिलातर्फ एपीएफकी सोनी गुरुङले स्वर्णपदक जितेका हुन् ।

पुरुषतर्फ निर्धारित २० किमी साइक्लिङ, सात सय ५० मिटर पौडी र पाँच किमी दौड एक घण्टा नौ मिनेट ४३ सेकेन्डमा पार गर्दै आर्मीका थारुले स्वर्ण जिते । आर्मीकै दीपेश चौधरीले रजत पदक र नेपाल पुलिसका मौलिक महर्जनले कास्य पदकमा चित्त बुझाए ।

महिलातर्फ भने निर्धारित दूरी एक घण्टा १६ मिनेट २८ सेकेन्डमा पार गर्दै एपीएफकी सोनी गुरुङले स्वर्ण पदक जितेकी हुन् । नेपाल पुलिसकी श्रीवी महर्जनले रजत र केशरी थापाले कास्य पदक जितिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर