प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु भएका सेनाका खेलाडीप्रति प्रधानसेनापतिद्वारा दु:ख व्यक्त

प्रधानसेनापति प्रभुराम शर्माले प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु भएका नेपाली सेनाका खेलाडी निसिम थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको परिवारलाई समवेदना व्यक्त गरेका छन्।

थापाको पोखरा महानगरपालिका वडा नं.१२, हस्पिटलचोकस्थित निवासमा गएर प्रधानसेनापति शर्माले बिहीबार समवेदना व्यक्त गरेका हुन्।

२६ वर्षीय खेलाडी थापाको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्री प्रतियोगिताका क्रममा  सय मिटरमाथिबाट सराङकोटमा खसेर असाेज ३० गते मृत्यु भएको थियो।

थापाका परिवारलाई समवेदना व्यक्त गरेपछि प्रधानसेनापति शर्मा पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा सहभागी भएका थिए।

प्रतिक्रिया

One thought on “प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु भएका सेनाका खेलाडीप्रति प्रधानसेनापतिद्वारा दु:ख व्यक्त

  1. आजिवन पेन्सनको वयवस्था सरकारले गर्नु पर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर