कांग्रेसले तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने, तिहारपछि घोषणापत्रसहित निर्वाचन क्षेत्र जाने

नेपाली कांग्रेसले तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भएको छ । घोषणापत्रलाई अन्तिम रूप दिने र सार्वजनिक भएलगत्तै निर्वाचन क्षेत्र केन्द्रित हुने योजनासहित काम भइरहेको पार्टी स्रोतले जनाएको छ ।

महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको घोषणापत्र तयारी समितिले त्यसअनुसार मस्यौदालाई अन्तिम रूप दिने गरी कामलाई तीव्रता दिएको छ । समितिका अनुसार सकभर तिहारअघि सार्वजनिक गरेर लगत्तै नेताहरूलाई घोषणापत्रसहित निर्वाचन क्षेत्र पठाउने तयारी छ ।

२८ असोजमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले आर्थिक विकास र सुशासनलाई प्राथमिकता दिँदै घोषणापत्र पारित गरेको थियो । बैठकले प्रारम्भिक मस्यौदामाथि आएका सुझाव समेट्ने गरी घोषणापत्र पारित गरेको थियो ।

कांग्रेसले घोषणापत्रका लागि २२ भदौमा महामन्त्री शर्माको संयोजकत्वमा ४१ सदस्यीय समिति बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर