नाइजेरियाली सेनाको कारबाहीमा बोको हरामका ३१ लडाकु मारिए

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा केही दिनयता भएको सुरक्षाका कारबाहीमा परेर कम्तीमा पनि ३१ जनाको ज्यान गएको छ ।त्यहाँका सुरक्षा अधिकारीहरूले सो कुराको जानकारी दिएका छन् । ती अधिकारीहरूका अनुसार गएका केही दिनयता भएका कारबाहीका क्रममा कम्तीमा पनि ३१ जना बोको हरामका लडाकु मारिएका हुन् ।

नाइजेरियाली सेनाको समन्वयमा त्यहाँका सबै सुरक्षा निकायहरूले बोको हरामका लडाकुहरूमाथि सो कारबाही गरेका हुन् । सो कारबाहीका क्रममा अरू ७० जना लडाकु पक्राउ परेका र कैयौँ हातहातियार पनि नियन्त्रणमा लिइएको जनाइएको छ ।

त्यहाँको सेनाका प्रवक्ता मुसा दाबामनीले दिएको जानकारीअनुसार त्यहाँको उत्तर पूर्वी क्षेत्रहरूमा पछिल्लो समयमा सर्वसाधारणमाथि आक्रमण गर्ने कार्यलाई निरन्तरता दिएपछि सेनाको समन्वयमा त्यहाँका सम्पूर्ण सुरक्षा निकायले कारबाही प्रक्रियालाई अघि सारेको बताइएको हो ।

यस क्रममा बोको हरामका केही लडाकु घाइते भएका छन् भने तीन सयभन्दा बढीले आत्मसर्पण गरेको जनाएका छन् । नाइजेरियामा केही वर्षयतादेखि बोको हराम नामको एक आतङ्ककारी समूहले आतङ्क मच्चाइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *