सक्षम प्रहरी संगठनका लागि आवश्यक तालिम दिन सरकार प्रतिबद्ध : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले सक्षम प्रहरी संगठनका लागि आवश्यक तालिम दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । आइतबार प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री खाणले तालिमका बेला बगाएको पसिनाले आगामी दिनमा देशमा आइपर्ने समस्याको समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरूलाई परिणाममुखी बनाउन सफल हुने विश्वास व्यक्त गरे ।

गृहमन्त्री खाणले कानूनी राज्यको स्थापनाका लागि दृढ रहन प्रहरी संगठनलाई निर्दशनसमेत दिए । उनले आफ्ना जिम्मेवारीहरूलाई पूर्ण पालना गरी कानूनी राज्यको प्रत्याभूति दिन प्रहरी जवानहरूलाई निर्देशन दिए ।

गृहमन्त्री खाणले प्रविधिबाट सिर्जित नवीन समस्याको समाधान प्रविधिमैत्री प्रहरी प्रविधिले सुसज्जित स्रोत साधनले मात्र सम्भव हुने भन्दै प्रविधिमैत्री प्रहरीलाई अनुकूल हुने वातावरण निर्माणका लागि स्रोत साधनको व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको बताए ।

गृहमन्त्री खाणले आगामी दिनमा आउने विभिन्न चुनौतीलाई समाधान गर्न सक्षम बन्ने हरेक कार्यक्रमका लागि सरकार नेपाल प्रहरीको सहयोगमा हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर