सरकारले राष्ट्रिय विभूति शंखधर शाख्वाको नाममा हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले राष्ट्रिय विभूति शंखधर शाख्वाको नाममा हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने बताएका छन् ।

शंखधर शाख्वाको योगदानलाई चीर बनाउनेहरूलाई कदरस्वरूप हरेक वर्ष तीन जना व्यक्तित्वहरूलाई एक लाख रुपैयाँका दरले पुरस्कृत गर्ने तयारी गरिरहेको मन्त्री श्रेष्ठले बताए ।

बुधबार भक्तपुरमा आयोजित नेपाल संवत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर शाख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले शंखधर शाख्वाको काम उजागर गर्ने कार्यमा सहयोग पुर्‍याउने व्यक्तिहरूलाई शंखधर शाख्वाको नाममा सरकारको तर्फबाट तीन जनालाई हरेक वर्ष एक लाखको दरले पुरस्कृत गर्ने कार्यक्रमका लागि सरकारले छलफल गरिरहेको बताए ।

उनले शंखधर शाख्वाको योगदानलाई जनस्तरमा बुझाउन सके दुःखमा परेका मानवलाई सेवा गर्न प्रेरणा मिल्ने बताए । मन्त्री श्रेष्ठले नेपाल संवतलाई व्यवहारमा उतार्न सक्नुपर्ने बताए ।

मन्त्री श्रेष्ठले उपत्यकाको पर्यटन विकास संस्कृति र सम्पदाको विकास गरेर नै सम्भव रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर