संसद् विघटन नगर्ने कांग्रेसको प्रतिज्ञा (घोषणापत्रको पूर्णपाठ)

नेपाली कांग्रेसले अलोकतान्त्रिक र असंवैधानिक तवरले प्रतिनिधि सभा विघटन नगर्ने प्रतिज्ञा गरेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि शनिबार सार्वजनिक पार्टीको चुनावी घोषणापत्रमा कांग्रेसले उक्त प्रतिज्ञा गरेको हो।

‘दलहरूको आन्तरिक विवाद वा फरक दलहरूबीच उत्पन्न हुनसक्ने द्वन्द्व वा विवादका कारण प्रतिनिधि सभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने छैनौँ,’ घोषणापत्रमा भनिएको छ।

२०७४ को चुनावमा बहुमत ल्याएको वाम गठबन्धनका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा विघटन गरेका थिए। तत्कालीन सत्तारूढ दल नेकपामा देखिएको आन्तरिक विवादका कारण ओलीले ५ पुस २०७७ मा पहिलो पटक प्रतिनिधि सभा विघटन गरेका थिए जसलाई सर्वोच्च अदालतले असंवैधानिक भएको ठहर गर्दै ११ फागुन २०७७ मा उल्ट्याएको थियो।

२०७८ सालको जेठ ७ गते मध्यरातमा फेरि प्रतिनिधि सभा विघटन भयो । संविधानको धारा ७६ (३) अनुसार अल्पमतको सरकार बनाएका तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत लिन प्रतिनिधि सभामा नजाने बताएपछि धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न आहृवान भयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १४८ सांसदको हस्ताक्षर लिएर गए भने विश्वासको मत लिन संसद्मा जान्न भनेको ओली आफ्नो दल एमाले र जसपाको एउटा पक्षका नेताको हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी गर्न पुगे। राष्ट्रपतिले दुबैको दाबी नपुग्ने बताएपछि तत्कालीन प्रधानमन्त्री ओलीको सिफारिसमा ७ जेठको मध्यरातमा फेरि प्रतिनिधि सभा विघटन भयो। यसलाई पनि सर्वोच्च अदालतले २८ असार २०७८ मा उल्ट्यायो र बहुमत सांसदको समर्थन जुटाएका देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दियो।

ओली सरकारले सुरुदेखि नै संसद्लाई ‘रबर स्ट्याम्प’ बनाउन खोजेको आरोप कांग्रेसले लगाएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरूले घोषणापत्र सार्वजनिक गरेका हुन्। ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारासहित कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो।

घोषणापत्र महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय समितिले तयार पारेको हो। अर्थशास्त्री तथा योजना आयोगका पूर्वउपाध्यक्षहरू डा. स्वर्णिम वाग्ले, डा. गोविन्द पोखरेल, शिक्षााविद् डा. कृष्णप्रसाद पौडेल, राजनीतिक विश्लेषक तथा वैदेशिक मामिला जानकार गेजा शर्मा वाग्ले, शंकर तिवारीलगायत काग्रेस नेताहरूले घोषणापत्र लेखेका हुन्।

हेर्नुहाेस् घाेषणापत्रकाे पूर्णपाठ :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर