काठमाडौंमा छठको तयारी अन्तिम चरणमा

काठमाडौंको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरूमा छठी माईको पूजाका लागि तयारीको काम भइरहेको छ ।

छठ पर्वको मुख्य दिन आइतबार छठी माईको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपन्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरूमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो ।

कुपण्डोलमा तयारीको काम अन्तिम चरणमा पुगेको छठ पर्व समारोहका संयोजक सतीशकुमार झाले बताए । उनलेसो ठाउँमा छठ पर्वमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने जानकारी पनि दिए ।

काठमाडौंको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भइरहेको छ । सोहीअनुसार कमलपोखरीमा पनि छठ पर्वको तयारीको काम अन्तिम चरणमा पुगेको कमलपोखरी छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले बताए । उनका अनुसार सो तयारीका लागि काठमाडौं महानगरपालिकाले आवश्यक आर्थिक सहयोग उपलब्ध गराएको छ ।

कमल पोखरीमा छठ पूजाका लागि ७ फिट अग्लो छठी माईको मूर्ति राखिएको छ ।

सूर्य भगवानको पूजाआजा गरी अत्यन्त निष्ठापूर्वक मनाईने यो पर्वको शनिबार दोस्रो दिन खरना मनाइँदैछ । आइतबार छठ पर्वको मुख्य दिन हो । यस अवसरमा छठको पूजा सामग्री जलाशय घाटमा लगेर अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने सोमबार उदाउँदो सूर्यलाई अर्घ दिइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर