जनता र राष्ट्रका आवश्यकता पूरा गर्न नेपाली कांग्रेसका यस्ता छन् संकल्प

नेपाली कांग्रेसले शनिबार आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र पदाधिकारीहरूले घोषणापत्र सार्वजनिक गरेका हुन्।

घोषणापत्रमा कांग्रेसले अलोकतान्त्रिक र असंवैधानिक तवरले प्रतिनिधि सभा विघटन नगर्ने, वृद्धभत्ता ६५ वर्षमा नै दिने, ३ वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउने, सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गर्नेसहितका महत्त्वपूर्ण प्रतिज्ञा गरेको छ।

यस्तै प्रविधिको प्रयोगमार्फत विद्यार्थीलाई शिक्षण सेवा प्रदान गर्न आगामी पाँच वर्षमा देशभरका ८० प्रतिशत विद्यालयमा इन्टरनेट सेवा पुर्‍याउने, विपन्न परिवारहरुले प्रयोग गर्ने विद्युतको हकमा मासिक ५० किलोवाट आवरसम्म निःशुल्क दिइने, खाद्यान्न उत्पादकत्वमा वृद्धि गरी तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर हुने, वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने विषय पनि घोषणापत्रमा समेटिएका छन्।

पाँच वर्षभित्र निर्माणमा रहेका राष्ट्रिय गौरवका परियोजना सम्पन्न गरी आर्थिक तथा सामाजिक विकासको गतिलाई थप तीव्र पार्ने, उद्योगको व्यवसायिकीकरण र लगानी प्रवर्द्धन गर्न लचिलो श्रम नीति र स्वच्छ ऊर्जाको उपयोगमा अनुदान दिने, वार्षिक न्यूनतम सात प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने, वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने लगायतका महत्त्वपूर्ण योजना कांग्रेसले अगाडि सारेको छ।

पूर्णपाठमा हेर्नुहोस् कांग्रेसका संकल्पहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर