ओलीको दाबी- ‘एमालेले एकल बहुमत ल्याउँछ’

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गरेका छन् । नेपाली जनताको साथ रहेकाले एमाले एक्लैले बहुमत ल्याउने अध्यक्ष ओलीको भनाइ छ ।

मंगलबार काठमाडौंमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेलगत्तै आयोजित बहस कार्यक्रममा भाग लिँदै उनले अरू पार्टीका लागि भने एकल बहुमत विल्कुलै सम्भव नभएको बताए । २७५ सिट मध्ये १३८ सिट प्रतिनिधि सभामा आए बहुमत पुग्ने उल्लेख गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले प्रतिनिधि सभामा १५० सिटको गन्तव्य बनाएर निर्वाचनमा होमिएको स्पष्ट पारे ।

उनले एमालेले सरकारमा रहेर गरेका कामहरू जनताले देखेकाले पनि आगामी निर्वाचनमा बहुमत दिने तर्क गरे । अध्यक्ष ओलीले एमालेले आगामी निर्वाचनमा पपुलर मत ५१ प्रतिशत भन्दा बढी ल्याउने बताए ।

अध्यक्ष ओलीले पार्टीले सार्वजनिक गरेको चुनावी घोषणापत्रको प्रतिबद्धताहरू पूरा गर्नका लागि ल्याइएको बताए । आफ्नो चुनावी घोषणापत्रलाई अन्य पार्टीहरूले झैं निरर्थक चर्चाको विषय नबनाएको उनको भनाइ थियो ।

करिब २० हजार शब्दको घोषणापत्रमा निर्वाचन जितेपछि मुलुकको समृद्धिका लागि एमालेले गर्ने कामहरूबारे चर्चा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *