नेपाली सेनाका चार महानिर्देशनालयको घटुवा, मन्त्रिपरिषद्बाट दरबन्दी र पदस्थापन स्वीकृत

नेपाली सेनाले आफ्नो तीन जोड एक कमाण्डलाई यथावत् राख्दै पृतना संरचनामा फर्किएपछि चारवटा महानिर्देशनालयलाई निर्देशनालय बनाउने प्रस्ताव सोमबार (१४ कार्तिक २०७९) को मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

उच्च सैनिक स्रोतका अनुसार सेनाले पृतना संरचनामा फर्किएसँगै यसअघि उपरथी दरबन्दी रहेका चारवटा महानिर्देशनालयलाई निर्देशनालय बनाएर पदस्थापन र दरबन्दी मिलाउने प्रस्ताव अघि सारेको थियो । सोहीअनुसार सरकारले सोमबार चारवटा महानिर्देशनालयमा रहेका उपरथीलाई पृतनामा पठाउने गरी निर्देशनालयमै फर्काएर सहायक रथीको पदस्थापन गरेको हो ।

सेनाको राष्ट्रिय निकुञ्ज तथा पर्यावरण संरक्षण महानिर्देशनालय, युद्ध मद्दती तथा युद्ध सेवा मद्दती फौज महानिर्देशनालय, सैनिक कल्याणकारी महानिर्देशनालय र सोध कार्य महानिर्देशनालयलाई निर्देशनालयमै फिर्ता गरिएको हो । अब यी महानिर्देशनालयलाई सहायक रथीको नेतृत्वमा निर्देशनालयमा परिणत गरिनेछ ।

सैनिक प्रवक्ता सहायक रथी नारायण सिल्वालले सेनाको संरचना, दरबन्दी र पदस्थापनसम्बन्धी प्रस्ताव सरकारबाट स्वीकृत भएर आएको पर्दाफासलाई बताए । उनले पृतना संरचनाअनुसार आवश्यक दरबन्दी र पदस्थापनको विषयमा सेनाको प्रस्तावलाई सरकारले औपचारिक रूपमा स्वीकृत गरेको बताए ।

‘कमाण्ड अवधारणा यथावत् राख्दै पृतना संरचनाअनुसार आवश्यक जनशक्तिका विषयमा हामीले गरेको प्रस्ताव सरकारबाट स्वीकृत भएको हो,’ सहायक रथी सिल्वालले पर्दाफाससँग भने, ‘दरबन्दीअनुसारको मिलान कार्य भइरहेको हो । ’

सेनाले यसअघि नै मध्य पूर्वी पृतना हेडक्वार्टरमा राष्ट्रिय निकुञ्ज तथा पर्यावरण संरक्षण महानिर्देशनालयमा रहेका उपरथी प्रेमध्वज अधिकारी, मध्यपश्चिम पृतनामा युद्ध मद्दती तथा युद्ध सेवा मद्दती फौज महानिर्देशनालयमा रहेका उपरथी यामप्रसाद ढकाल र मध्य पृतनामा सहायक रथी विजय थापालाई लगेकाे छ ।  उनी सैनिक कल्याणकारी महानिर्देशनालयमा थिए । उनको केही दिनमै उपरथीमा बढुवा हुँदैछ ।

सैनिक सचिव विभागले ३१ भदौबाट लागू हुनेगरी उनीहरूको काज नियुक्ति गरेको थियो ।

हेर्नुहाेस सरुवाकाे सूची–

नेपाली सेनामा एकवर्षपछि व्युँतिएका चार पृतनाका लागि तीन उपरथी, पाँच सहायक रथीसहित कर्णेल र मेजरकाे सरुवा

नेपाली सेनाले २१ भदौको मन्त्रिपरिषद्को निर्णयले २८ भदौबाट पुनर्स्थापना गरेका आठवटा पृतनामध्ये चारवटा पृतनामा कमाण्ड नेतृत्व तोकेको हो । प्रधानसेनापति प्रभुराम शर्माले यसअघि पृतनाको नेतृत्व गर्न बाँकी रहेका चार जनालाई जिम्मेवारी दिएका हुन् ।

सेनाले तीन जोड एक अवधारणाअनुसार रहेका चारवटा कमाण्ड हाललाई यथावत् राख्दै सुदूरपश्चिम पृतना, उत्तरपश्चिम पृतना, मध्यपश्चिम पृतना, पश्चिम पृतना, मध्य पृतना, मध्यपूर्वी पृतना र उपत्यका पृतनालाई पुनर्स्थापना गरेको हो । । यी पृतनाहरूलाई २०७४ अनुसार नै जिम्मेवारी क्षेत्र र दरबन्दी कायम गरिएको छ ।

नेपाली सेनाका तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले आवश्यकता र औचित्यका आधारमा भन्दै देशभर रहेका पृतना खारेजसहित १ साउन २०७८ बाट कार्यन्वयनमा ल्याएको तीन जोड एक कमाण्डबाट जंगी अड्डा पछि हटेको हो । कमाण्ड अवधारणासँगै खारेज भएका आठवटै पृतना पुनर्स्थापित गर्ने निर्णय सेनाले गरेको हो ।

सेनाले पृतना मुख्यालयको तैनाथी तथा जनशक्ति व्यवस्थापनका सम्बन्धमा सर्कुलर भएको परिपत्रमा २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाको ३ जोड १ कमाण्ड यथावत् राख्दै ८ एक्स पृतना पुनर्स्थापना गर्ने निर्णय गरेको उल्लेख थियो ।

नेपाली सेनाले आमनिर्वाचनको मुखमा खारेज भएका पृतना पुनर्स्थापना गरेको हो ।

 

पढनुहाेस् सेना कहिले र किन पृतना संरचनामै फर्कियाे–

नेपाली सेना फेरि पृतनामै फर्कियो, तत्कालिन प्रधानसेनापति थापाको कमाण्ड अवधारणा ‘फेल’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर