
रूपन्देहीमा कर्तव्य ज्यान मुद्दामा जन्मकैद सुनाइएका फरार प्रतिवादी सात वर्षपछि पक्राउ


रूपन्देहीमा कर्तव्य ज्यान मुद्दामा जन्मकैद सुनाइएका एक जना फरार प्रतिवादी घटनाको सात वर्षपछि पक्राउ परेका छन्।
रूपन्देहीको साविक पर्रोहा गा.वि.स. वडा न. ५ हाल सैनामैना नगरपालिका वडा नं. १ बस्ने ४५ वर्षीय केरबहादुर थापा मंगलबार पक्राउ परेका हुन्।
रूपन्देही जिल्ला अदालतले उनलाई २०७२ मंसिर ५ मा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजायको फैसला सुनाएको थियो।
उनलाई इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले उनको आफ्नै घरमा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए।
उनलाई फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत पेस गरिएकोमा तोकिएको कैद भुक्तानको लागि बुधबार जिल्ला कारागार कार्यालय रूपन्देहीमा पठाइएको छ।
प्रतिक्रिया