आजको मुख्य कार्यभार समद्धिको दिशामा फड्को मार्नु हो : नारायणकाजी श्रेष्ठ

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशले नेपाली समाजको आवश्यक्ता, अपेक्षा र नेपालको संविधान र परिवर्तन निर्देशअनुसार गुणात्मक फड्को मार्न नसकेको बताएका छन् ।

बिहीबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक परिवर्तनलाई राजनीतिक परिवर्तनमा मात्रै सीमित नराखेर सामाजिक–आर्थिक रूपान्तरणको क्षेत्रमा विस्तारित गर्ने, साामाजिक न्यासहितको समृद्ध मुलुक बनाउने र आम जनतालाई समृद्ध बनाउने गरी काम गर्न आवश्यक रहेको बताए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आजको मुख्य कार्यभार समद्धिको दिशामा फड्को मार्नु रहेको बताए । उनले समृद्धिको पक्षमा गुणात्मक हस्तक्षेप गरेर मात्रै जनतालाई समृद्धि दिन सकिने बताए ।

उनले अहिलेको सत्ता गबठन्धनले जनतालाई सुखी र समृद्ध बनाउने कार्यभार पूरा गर्नुपर्ने बताए । गठबन्धनको यो कार्यभार पूरा गर्ने अवसर गोरखाबाट चुनिने उम्मेदवारहरूका लागि रहेको पनि बताए । उनले धेरैभन्दा धेरै मत ल्याएर गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह गरे ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न बाँकी रहेको उल्लेख गर्दै राजनीतिक प्रक्रिया पूरा गरे पनि द्वन्द्वपीडितलाई न्याय दिने, राष्ट्रिय मेलमिलाप कायम गर्न ठोस भूमिका खेल्ने र दिगो शान्तिको स्थापनाको काम बाँकी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर