काठमाडौं २ मा सत्ता गठबन्धनका उम्मेदवारहरूको घरदैलो (तस्बिरहरू)

काठमाडौं क्षेत्र नं. २ मा सत्तारूढ गठबन्धनका उम्मेदवारहरुले घरदैलो सुरु गरेका छन् ।

गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरूले बिहीबारदेखि संयुक्त रूपमा घरदैलो सुरु गरेका हुन् ।

प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा (माओवादी केन्द्र)की नेतृ ओनसरी घर्ती, क्षेत्र नं. २ (क) का प्रदेश सभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका नेता ध्रुव केसी र क्षेत्र नं. २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का नेता भरतप्रसाद फुँयालसहित गठबन्धनमा आबद्ध दलका नेता, कार्यकर्ताको टोलीले घरदैलो गरेको हो ।

टोलीले बिहीबार पेप्सीकोलादेखि नरेफाँटसम्म घरदैलो गरेको छ । घरदैलोको क्रममा हाते माइकबाट उम्मेदवारहरू घरदैलोमा आएको भन्दै प्रचार गरिएको थियो भने आ–आफ्नो पार्टीको चुनाव चिह्न अंकित झण्डा पनि बोकिएको थियो । सहभागी नेता, कार्यकर्ताहरूले ‘आयो, आयो, गठबन्धन आयो’ भन्दै नाराबाजीसमेत गरेका थिए ।

मतदाताको घर–घरमा नमस्ते गर्दै पुगेका उम्मेदवारहरूले गठबन्धनका उम्मेदवारहरूलाई मत दिन आग्रह गरिरहेको देख्न सकिन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर