नक्कली कम्पनी खडा गरेर साढे चार लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

नक्कली कम्पनी खडा गरेर साढे चार लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१७ घर भई सोही महानगरपालिका–१४ पिपरा बहुअरी बस्ने ३६ वर्षीय नौसद अन्सारी छन्।

उनले काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडमा जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा कीर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाएर घरेलु तथा साना उद्योग कार्यालय काठमाडौं र कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा उक्त नक्कली करारनामा पेस गरेको आरोप छ।

नक्कली करारनामा पेस गरेर हिमालयन होटेल प्रालि नामक कम्पनी दर्ता गराई राम्रो आम्दानी हुने भन्दै उक्त होटलमा लगानी गर्न लगाएर ४ करोड ५० लाख रुपैयाँ ठगी गरेको प्रहरील जनाएको छ।

उनलाई वीरगञ्ज महानगरपालिका–८ प्रतिमाचोकबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *