संसदीय समितिका निर्देशनलाई प्रक्रिया पूरा गर्ने माध्यम नठानौं : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्मा सांसदहरूले उठाएका कुराहरूलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।

संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन ग्रहण गर्दै यस्तो बताएका हुन् । उनले संसद्मा बोलेको कुरा कोही एक व्यक्तिले मात्र बोलेको विषय नभई जनताको आवाज भएकाले सरकारले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

संसद्बाट पास भएका प्रतिवेदनहरूलाई सम्बन्धित निकायहरूले तदारुकताका साथ कार्यान्वयनमा लैजनुपर्ने बताए । उनले सर्वसम्मतले पास भएका प्रतिवेदनहरूको कार्यान्वयनमा कुनै पनि विघ्नबाधा हुन नहुने बताए ।

उनले समितिले दिएका प्रतिवेदनहरूको कार्यान्वयन गर्नसके मात्रै संघीयता झनै बलियो बन्ने दाबी गरे । अध्यक्ष तिमिल्सिनाले संसदीय समितिले दिएका निर्देशन र प्रतिवेदनहरूलाई प्रक्रिया पूरा गर्ने माध्यमको रूपमा नलिन पनि आग्रह गरे । उनले प्रतिवेदनहरूलाई प्रक्रिया पूरा गर्ने माध्यम सोच्ने हो भने सिंगो संसदीय व्यवस्थाको मर्ममाथि प्रहार हुने बताए ।

अध्यक्ष तिमिल्सिनाले पदको लागि मात्रै पदमा नबसी पदमा बसेर राष्ट्रलाई के दिन सकिन्छ भनेर सबैले सोच्ने बेला भएको बताए । उनले समितिले बुझाएका प्रतिवेदनहरूको कार्यान्वयन मुख्य रहेको उल्लेख गर्दै साझा निस्कर्षलाई कार्यान्वयनमा नलैजाने हो भने भविष्यमा कुनै पनि समिति बनाउनुको अर्थ नरहने जिकिर गरे ।

उनले समतिले बुझाएको यो प्रतिवेदनलाई संसद्ले खोजी गरिरहने दाबी गरे । उनले संसदीय समितिबाट आएका निस्कर्षलाई नजरअन्दाज र बेवास्ता गर्न नहुने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर