नेप्से परिसूचक ४३.२० अंकले वृद्धि, कारोबार रकम डेढ अर्ब नाघ्यो

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

आइतबार नेप्से परिसूचक ४३.२० अंक बढेर १९६५.३६ बिन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ८.०९ अंक, फ्लोट इण्डेक्स २.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अंकले बढेको छ ।

कारोबारमा आएका २२८ कम्पनीको ३९ लाख १३ हजार कित्ता शेयर १ अर्ब ५४ करोड ८० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ ।

आइतबार नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक भने ०.०५ प्रतिशत घटेको छ । कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

आइतबार ४ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा मानुषी लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, नेष्डो समृद्ध लघुवित्त र उपकार लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै उन्नति सहकार्य लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । आइतबार नेष्डो समृद्ध लघुवित्तको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर