बर्दियामा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

बर्दियामा ज्यान मार्ने उद्योग र कुटपिट मुद्दाका एक जना फरार प्रतिवादी ६ वर्षपछि पक्राउ परेका छन्। गुलरिया नगरपालिका–१ का रूपलाल देवकोटा पक्राउ परेका हुन्।

उनलाई जिल्ला बर्दिया जिल्ला अदालतले ६ असोज २०७३ मा १ वर्ष ११ महिना ४ दिन कैद र १ लाख रुपैयाँ जरिवानको फैसला सुनाएको थियो। त्यसयता फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले उनलाई शुक्रबार राति लुकिछिपी बसिरहेको अवस्थामा उनकै घरबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई आइतबार बर्दिया जिल्ला अदालतमा हाजिर गराइएको थियो। अदालतको आदेशअनुसार कैद भुक्तानका लागि उनलाई कारागार कार्यालय बर्दिया पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर