चरित्र हत्या हुनेगरी निर्वाचनको प्रचार गर्नु हुन्न : प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चरित्र हत्या हुनेगरी निर्वाचनको प्रचार नगर्न उम्मेदवारलाई सचेत गराएका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘नो नट अगेन’ भने पनि हुने तर गालीगलौजको भाषामा अर्को उम्मेदवारको चरित्र हत्या गर्ने काम नगर्न सबै उम्मेदवारहरूलाई पुनः सचेत गराएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई द्वेषपूर्ण, घृणास्पद अभिव्यक्ति दिएर दूषित नपार्न भन्दै आयोगले स्पष्टीकरण सोधेको बताए । उनले विज्ञहरूलाई पनि निर्वाचनमा गालीगलौजको भाषा प्रयोग नगर्न उम्मेदवारलाई सुझाव दिन आग्रह गरे ।

कार्यक्रममा प्रमुख आयुक्त थपलियाले आयोगले संचार संस्थाको अनुगमन नगर्ने बताए । आयोगले आचारसंहिता पालना भए नभएको मात्र हेर्ने भएकोले कुनै शाखाले त्यस्तो स्पष्टीकरण सोधेको भए सच्याउने बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सञ्चारमाध्यमहरूले निर्वाचन आचारसंहिता पालना गरे÷नगरेको अनुगमन गर्ने काम आयोगको नभई प्रेस काउन्सिल नेपालको भएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर