नेचर, कल्चर र एड्भान्चरलाई केन्द्रित गरेर पर्यटन क्षेत्रको विकास आवश्यक : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले देशको संस्कृति र सभ्यताको संरक्षण गर्न जरुरी रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘रानी माया’ गीतको भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि प्रकृति, संस्कृति र साहसिक खेलहरूको विकास गर्न जरुरी रहेको पनि बताए । उनले नेचर, कल्चर र एड्भान्चरलाई केन्द्रित गरेर नेपालले पर्यटन क्षेत्रको विकास गर्न आवश्यक भएको बताए ।

उनले मन्त्रालयले प्रकृति, संस्कृति र साहसिक खेलहरूलाई मध्यनजर गरेर पर्यटन विकासका लागि काम अघि बढाइरहेको बताए । उनले देशको पर्यटन विकासका लागि सिनेमा, गीतको भिडियोहरूमा नेपालमा नै रहेका मौलिकता झल्काउने ठाउँको प्रयोग गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा महानायक राजेश हमालले ‘रानी माया’ गीत हरेक दर्शकहरूका लागि मनोरञ्जन दिने सन्देशमूलक गीत रहेको बताए ।

‘रानी माया’ बोलको गीत ढाकाटोपी फिल्म्सको प्रस्तुतिमा सार्वजनिक भएको हो । जीबी आग्रीको निर्देशनमा रहेको गीतमा श्रीकृष्ण बम मल्लको शब्द र कृष्ण विकको संगीत छ । साथै गीतमा कृष्णलाई समीक्षा अधिकारीले स्वरमा साथ दिएकी छन् । ११ मिनेट लामो गीतमा गायक विक र अनु आचार्यको अभिनय छ । गीतको छायांकन सञ्जय लामाले गरेका छन् भने कोरियोग्राफी कविराज गहतराजको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर