बैंकिङ कसुरमा ४ लाख ९० हजार जरिवाना सुनाइएका फरार प्रतिवादी पक्राउ

बर्दियामा बैंकिङ कसुर मुद्दामा ४ लाख ९० हजार रुपैयाँ जरिवाना सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन्। गुलरिया नगरपालिका–१२ बस्ने ईदु साई पक्राउ परेका हुन्।

उनलाई उच्च अदालत पाटनले गत वैशाख ४ गते बैंकिङ कसुर मुद्दामा ४ लाख ९० हजार १ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

अदालतको फैसलापछि फरार उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले लुकिछिपी हिँडिरहेको अवस्थामा गुलरिया नगरपालिका–६ बाट पक्राउ मंगलबार पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई बर्दिया जिल्ला अदालत पेस गरिएको तोकिएको जरिवाना तिर्न नसकेपछि कारागार कार्यालय बर्दिया चलान गरिएका छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर