केशव थापाको आरोप–‘विष्णु पौडेलले लुम्बिनी प्रदेशको राजधानी अन्यत्रै सार्ने काम गरे’

सत्तारूढ गठबन्धनको साथ पाएका राष्ट्रिय जनमुक्ति पार्टीका रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार केशबहादुर थापाले एमाले उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट अन्यत्रै सार्ने कामको अगुवाइ गरेको आरोप लगाएका छन् ।

सो क्षेत्रमा थापा र पौडेलबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । चुनावी प्रचार अभियानलाई तीब्रता दिनु भएका थापाले मंगलबार आयोजित घरदैंलो कार्यक्रममा बोल्दै पौडेलकै अगुवाइमा लुम्बिनी प्रदेशको राजधानी दाङको अन्कन्टार ठाउँमा लैजाने लैजान काम भएको बताए ।

उनले मुलुकलाई राष्ट्रिय सहमतीका साथ अघि बढाउन पनि सत्तारुढ दलहरुले मिलेर चुनावमा लडनु परेको दावी समेत गर्नु भयो । संविधानको रक्षा गर्न, संघीयता, गणतन्त्र र समावेशीताको रक्षा गर्न आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनले जित्नुपर्ने उनको भनाइ थियो ।

थापाले आफूहरुले चुनाव जितेमा रोजगारीको अवसर सृजना गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुलभ बनाउने, औद्योगिकीकरण, वन र वातावरणको संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउने आश्वासनसमेत दिए । त्यस क्षेत्रमा रहेका सुकुम्बासी समस्या समाधान गर्ने उनले प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर