प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा आठ जना पक्राउ

सिन्धुलीको मरिण गाउँपालिका–७ ठाटी कमलेश्वर महादेव मन्दिरमा पूर्णिमाको अवसरमा परम्परागत बत्ती बाल्ने मेलामा सुरक्षामा ड्युटी खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा सोही गाउँपालिका–७ बस्ने २९ वर्षीय सांगे लोलगायत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका उनीहरूले ड्युटीमा खटिएको प्रहरी टोलीमाथि अपशब्द प्रयोग गर्दै गालीगलोज गर्ने, प्रहरीको हतियार खोस्ने प्रयासलगायतका अभद्र व्यवहार गरेपश्चात् इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर