गठबन्धनले जनतालाई समृद्ध बनाउँछ : ओनसरी घर्ती

नेकपा (माओवादी केन्द्र)की नेतृ ओनसरी घर्तीले गठबन्धनले जनतालाई समृद्ध बनाउने बताएकी छन्।

शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को घरदैलो कार्यक्रममा बोल्दै नेतृ घर्तीले गठबन्धनले जनताका आधारभूत विषयलाई सहज बनाउने, देश परिर्वतन र जनतालाई समृद्धि बनाउने एजेण्डा लिएर आएकाले गठबन्धनको जित सुनिश्चित रहेको बताइन्।

उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको जित सुनिश्चित रहेको भन्दै मंसिर ४ गतेको औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको दाबी गरिन्। उनले अहिले देशले समृद्धि, शान्ति, स्थिर सरकार, संविधान र अहिलेको व्यवस्थाको रक्षा खोजेको भन्दै त्यो गठबन्धले मात्रै पूरा गर्नसक्ने बताइन्।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहुमतको सरकार फुटाएर तथा दुईपटक संसद् विघटन गरेकाले गठबन्धन गर्ने बाध्यता भएको पनि बताइन्। घर्तीले अहिलेको गठबन्धन प्रतिगमनको विरुद्धमा लागेकाले अहिलको व्यवस्था जोगाउन जनताले गठबन्धनलाई जिताउनुपर्ने आवश्यकता रहेको बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *