विगतको भन्दा ठूलो मतान्तरले विजयी हुन्छु : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न निर्वाचनमा आफूले विगतको भन्दा ठूलो मतान्तरले विजयी बन्ने दाबी गरेका छन्।

शनिवार रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी घरदैलो कार्यक्रममा सहभागी बन्दै उनले यस्तो दाबी गरेका हुन्।

उपाध्यक्ष पौडेलले आफूलाई यस वर्ष मतदाताहरुबाट विगतको भन्दा असाधारण साथ सहयोग रहेको उल्लेख गरे। उनले यस किसिमको समर्थन र सहयोग विगतका निर्वाचनमा विरलै पाउने गरेको बताए।

उपाध्यक्ष पौडेलले आसन्न निर्वाचन जितेर रुपन्देही जिल्लालाई भौतिक र मानवीय विकासका दृष्टिकोणले देशकै नमूना बनाउने उद्घोष गरे। उनले जिल्लालाई विकासको नमूना र आर्थिक केन्द्र बनाउने प्रतिवद्धता जनाए। उनले नेकपा एमालेले यसपटक प्रतिनिधि सभा र प्रदेश सभामा ठूलो जित दर्ता गर्ने बताए।

रुपन्देही क्षेत्र नम्बर २ बाट नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवारसमेत रहेका नेता पौडेलले देशको विकास र समृद्धिको लागि आसन्न निर्वाचनमा एमालेले जित्नैपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर