एमाले जनताको काम गरेर उचाइमा पुगेको हो : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले जनताको काम गरेर नै नेपालीहरूको मनमा बस्न सफल भएको बताएका छन्।

मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा सहभागी बनेका उनले नेकपा एमाले जनताको काम गरेर नै उचाइमा पुगेको बताएका हुन्।

उनले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूले सकारात्मक प्रतिक्रिया दिइरहेको बताए। उनले यसपटक मतदाताहरूले विगतको भन्दा र सोचेको भन्दा पनि राम्रो प्रतिक्रिया दिइरहेको बताए।

वरिष्ठ उपाध्यक्ष पोखरेलले आम नागरिकहरू नेकपा एमालेप्रतिको सद्भाव र विश्वासमा ढुक्क रहेकाले आसन्न निर्वाचन नेकपा एमालेले जित्ने दाबी गरे। उनले नेकपा एमाले वचार, संगठन, नेतृत्व, जनताको काम गर्ने हिसाबले संगठित र समर्पित रहेको बताए। जनताको काम गरेर एमालेले बनाएको उचाइ नेपालका अन्य कुनै पार्टीले प्राप्त गर्न नसकेको बताए।

वरिष्ठ उपाध्यक्ष पोखरेल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि उम्मेदवार छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *