शीर्ष नेताहरूलाई भोट नदिन डा. गोविन्द केसीको आह्वान

डा. गोविन्द केसीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आगामी निर्वाचनमा भोट नदिन मतदाताहरुसमक्ष आह्वान गरेका छन्।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेताहरुलाई भोट नदिन आग्रह गरेका हुन्।

उनले शीर्ष नेताहरुले देश र जनतालाई धोका दिएको बताए। शीर्ष नेताहरुले राजनीतिलाई भ्रष्टीकरण र आपराधीकरण गरेको उनको आरोप छ। शीर्ष नेताहरुले भ्रष्टाचारी, अपराधी, अक्षम र तानाशाही प्रवृत्ति भएकाहरुलाई चुनावमा उम्मेदवार बनाएर इमानदारिताको राजनीति गर्नेहरुलाई पाखा लगाएको उनले बताए।

डा. केसीले पुरानै नेताहरुको हालिमुहालीका कारण देश विगत पाँच वर्षमा दशौँ वर्ष पछाडि धकेलिएको बताए। उनले आफ्नो प्रतिनिधि चयन गर्दा अघिल्लो निर्वाचनमा जस्तो गल्ती नगर्न पनि मतदाताहरुलाई आग्रह गरे। उनले सबै पार्टीमा राम्रो नेताहरु पनि भएकाले राम्रो नेतालाई मात्रै छानेर भोट दिन आग्रह गरे।

उनले नेपाली जनताहरु नेतृत्वबाट ठगिएका बताए। नेपालमा भ्रष्टाचार र लुटतन्त्र संस्थागत भएर चरम सीमामा पुगेका कारण आर्थिक प्रगति हुन नसकेको उनको भनाइ छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *