एमाले कमजोर छैन, गलत तथ्यांक प्रस्तुत नगरौं : विष्णु रिमाल

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेकपा एमाले आसन्न निर्वाचनमा कमजोर नभएको दाबी गरेका छन्।

उनले अहिले बाहिर आइरहेका तथ्यांकहरू मिथ्यांक भएको र त्यो कुनै पनि संस्थाहरुले सर्वेक्षण नगरीकन भनिएको बताए। उनले गलत तथ्यांक पेस गर्नुभन्दा सही तथ्यांक भए सरकारको तर्फबाट रिपोर्ट प्रस्तुत गर्न गृहमन्त्री बालकृष्ण खाणलाई चुनौती दिए।

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले गलत तथ्यांकहरु प्रस्तुत गर्दै जानुभन्दा निर्वाचन आयोगसमक्ष आफू पनि कानून मिच्छौँ, अरुलाई पनि मिच्न दिनुपर्छ भन्नसक्ने बताए। उनले गठबन्धन सरकारले छद्म काम गरिरहेको र त्यसलाई पुष्टि गर्नको लागि अन्तर्राष्ट्रिय फेक न्यूज एजेन्सी, न्यूज पोर्टलहरुलाई प्रयोग गरेको आरोप लगाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *