चुनावी सभालाई सम्बोधन गर्न खोटाङ जाँदै ओली र प्रचण्ड

काठमाडाैं – देशका प्रमुख दलका दुई शीर्ष नेता आज खोटाङ जाँदैछन्।

प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ खोटाङ जान लागेका हुन्।

४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आफ्नो र आफू समर्थित दललाई भोट माग्न ओली र प्रचण्ड खोटाङ जान लागेका हुन्।

एमाले अध्यक्ष ओलीले खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा एमालेले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नेछन्।

यस्तै माओवादी अध्यक्ष प्रचण्डले जिल्ला सदरमुकाम दिक्तेलबजारमा  वाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नेछन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली र प्रचण्डले जिल्लामा एकैदिन सम्बोधन गर्ने चुनावी सभालाई जिल्लावासीले चासोका साथ हेरेका छन्।

एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको खोटाङमा एमालेबाट पोलिटब्यूरो सदस्य एवं निवर्तमान सांसद विशाल भट्टराई र लोकतान्त्रिक वाम-गठबन्धनबाट माओवादीका रामकुमार राई ‘पासाङ’ मुख्य प्रतिस्पर्धामा छन्।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर