सुनसरीमा लोसपाका प्रदेश सभा उम्मेदवार सन्ताेष मेहताको उम्मेदवारी खारेज

निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (२) का लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ अनुसार उनकाे उम्मेदवारी खारेज भएको हो ।

उनले बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकाले आयोगले उनकाे उम्मेदवारी बदर गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *