केपी ओली संविधानको भक्षक हुन् : ओनसरी घर्ती

पूर्वसभामुख एवम् सत्तारुढ गठबन्धनका काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधि सभाकी उम्मेदवार ओनसरी घर्तीले आफूले चुनाव जित्ने दावी गरेकी छन्।

केपी ओली संविधानको भक्षक भएकाले त्यसको रक्षामा लागि लडेको सत्तारुढ गठबन्धनको उम्मेदवार भएकाले आफूले चुनाव जित्ने उनको भनाइ छ।

लोकतान्त्रिक बाम गठबन्धन काठमाडौं क्षेत्र २ द्वारा बिहीबार काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै घर्तीले आफ्नो जीतलाई असत्य विरुद्धको सत्यको जीतको रुपमा चित्रण गरिन्। आफ्नो जीतलाई सत्तारुढ गठबन्धनको जीत भएको उनले तर्कसमेत गरिन्।

घर्तीले आफू निर्वाचित भए महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य हुने गरी कानुन निर्माण गर्ने आश्वासन दिइन्। जनताको जीवनस्तरमा सुधार गर्ने, दिगो विकास, समावेशी सहितको समृद्धिको एजेण्डालाई पूरा गर्ने उनले बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *