देश विकासको लागि सक्षम नेतृत्व चयन गर्ने अवसर नगुमाऔं : निर्वाचन आयुक्त पौड्याल

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले मतदान गरेका छन् । निर्वाचन आयुक्त पौड्यालले ललितपुरस्थित टिका विद्याश्रम माध्यामिक विद्यालयबाट मतदान गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूलाई तोकिएको मतदान केन्द्रमा गएर निर्धक्क भइ आफ्नो मतदान गर्न आग्रह गरे । उनले देश विकासको लागि सक्षम नेतृत्व चयन गर्ने यो अवसरलाई नगुमाउन पनि आग्रह गरे । निर्वाचन आयुक्त पौड्यालले मतदान गर्न आयोगले तोकेको परिचय पत्र बोकेर जान पनि अनुरोध गरे ।

आज देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *