कसैको त्रासमा नपरी मतदान गर्न निर्वाचन आयुक्त डा. तुलाधरको आग्रह

निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले मतदान गरेकी छन् ।

आयुक्त डा. तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका–२ मा रहेको महेन्द्र मन्दिर मा.वि. मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्वाचन आयुक्त डा. तुलाधरले मतदान गर्नका लागि ढुक्कसँग निर्वाचन केन्द्रमा जान आग्रह गरिन् । उनले सुरक्षा व्यवस्थालाई पनि चुस्त बनाइएकाले कोही पनि त्रास, धम्कीमा नपरी आफ्नो अधिकारको प्रयोग गर्न आग्रह गरिन् । उनले निर्वाचन आयोगले तोकेको बिहान ७ देखि बेलुका ५ बजेसम्मको समयमा मतदान गर्न आग्रह गरिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *