मतदान गर्दै माधव नेपालले भने, ‘निर्वाचनका विकृति रोक्न सरकारले कडाइ गर्नुपर्छ’

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन्।

अध्यक्ष नेपालले गृहजिल्ला रौतहटको निर्वाचन क्षेत्र नम्बर १ स्थित रामजानकी कन्या आधारभूत माध्यामिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।

उनीसँगै उनकी श्रीमती गायत्री नेपालले पनि मतदान गरिन्।

नेता नेपालले जनताले पाएको सार्वभौम अधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरे। उनले मौन अवधिको बेलामा आचारसंहिताको उल्लंघन भएको भन्दै उल्लंघनकर्तालाई आयोगले कारबाही गर्नुपर्ने बताए। उनले सरकारले निर्वाचनका विकृतिलाई रोक्न कडाइ गर्न आवश्यक रहेको बताए।

आज एकै चरणमा देशभर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। आज साँझ ५ बजेसम्म मतदान गर्न सकिनेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर